नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फिरेन्स सौराहा चितवनमा यही साउन १३ गतेदेखि साउन १५ गतेसम्म सम्पन्न भएको छ । अ बाउन्स ब्याक एयर ७९–८० नाराका साथ सम्मेलन आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत दुई सय ३० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो । सञ्चालक विमल प्रसाद ढकालले मानसमा दीप प्रज्वलन गरी सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरूले आम नागरिकहरूको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए । कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरूलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालू आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । हाल कार्यरत जोन प्रमुखहरू, क्षेत्रीय प्रमुखहरूलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरूले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।
सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरूबाट सबै सहभागीहरूलाई प्रमाणपत्र साथै आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरू र शाखा एवं उपशाखाहरूलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया