सेयर बजार परिसूचक १५ सय चार अंकमा
काठमाडौं, फागुन १२
सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ६९ दशमलव ५६ अंकले उकालो लागेर १५ सय चार दशमलव १४ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव सात अंकले उकालो लागेर तीन सय १७ दशमलव ५० अंकमा चढेको छ । यसदिन कुुल एक सय ७८ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३० हजार चार सय ५६ वटा कारोबारमा ८७ लाख ६९ लाख हजार दुुई सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ६० करोड ८५ लाख २६ हजार तीन सय ५४ रूपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये समूहको सूचक उकालो लागेपश्चात् सेयर बजार पूरै हरियो भएको छ ।
यसदिन वाणिज्य बैंक समूहको सूचक ८६ दशमलव एक एक अंकले उकालो लागेर १२ सय ८८ दशमलव ७४ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि ८४ दशमलव ५९ अंकले उकालो लागेर १९ सय ६६ दशमलव २२ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि ३३ दशमलव ७५ अंकले उकालो लागेर एक हजार ८३ दशमलव ६८ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ४५ दशमलव ८९ अंकले उकालो लागेर २७ सय २५ दशमलव १० अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ३९ दशमलव ८५ अंकले उकालो लागेर सात हजार दुुई सय ४८ दशमलव ८३ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ९२ दशमलव ३६ अंकले उकालो लागेर आठ हजार छ सय ६६ अंकमा चढेकोे छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमश ७३ दशमलव ११, ११ दशमलव ७७, २२ दशमलव ५६, ३८ दशमलव ६२, २४ दशमलव ६३ र शून्य दशमलव २८ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको फष्र्ट माइक्रोफाइनान्सको सेयर मूल्य नौ रूपैयाँ ९६ पैसाले बढेर छ सय १८ रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको एनएमबी बैंकको सेयर मूल्य नौ रूपैयाँ ९३ पैसाले बढेर चार सय ५४ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक स्वदेशी लघुुवित्त वित्तीय संस्था, मेगा बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटल समूहको सेयर मूल्य पाँच रूपैयाँ ६८ पैसाले घटेर तीन सय १५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रूपैयाँ पाँच पैसाले घटेर ९४ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन एनएमबी बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता प्रतिकित्ता चार सय ५४ रूपैयाँ अन्तिम मूल्यमा १२ करोड ५६ लाख २१ हजार सात सय ६६ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय ९० रूपैयाँ अन्तिम मूल्यमा ११ करोड ८२ लाख ६४ हजार दुुई सय छ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक शिखर इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन गुराँस लघुुवित्त वित्तीय संस्थाको ५९ हजार कित्ता र चिलिमे हाइड्रोपावर कम्पनीको ९५ लाख १६ हजार दुुई सय ७१ दशमलव ५६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया