Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधौलागिरी लघुवित्तले साधारण सेयर निष्काशन गर्ने

धौलागिरी लघुवित्तले साधारण सेयर निष्काशन गर्ने


काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले यही असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई सेयर निष्काशन अनुमति प्रदान गरेको थियो ।

बोर्डबाट अनुमति पाएसँगै लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूूल्य कायम रहने गरी तीन करोड ३१ लाख रुपैयाँबराबरको तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन लागेको हो । बिक्री गरिने कुल सेयरमध्येमा शून्य पाँच प्रतिशत अर्थात् पाँच हजार एक सय ५५ कित्ता सेयर कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् १६ हजार पाँच सय ५० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको तीन लाख नौ हजार दुई सय ९५ कित्ता सेयर सर्वसाधारणमा बिक्री हुनेछ ।

साधारण सेयर निष्काशनको लागि लघुवित्तले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा यसअघि नै तोकिसकेको छ । वित्तीय संस्थाको जारी पुँजी १० करोड ३१ लाखको ३२ दशमलव १० प्रतिशतबराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो ।

अधिकृत पुँजी १५ करोड तथा जारी पुँजी १० करोड रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने संस्थाको चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ पुग्ने छ । बिक्री प्रबन्धन सनराइज क्यापिटलमार्फत यही साउन २५ गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा साउन २९ गते र ढिलोमा भदौ सात गते बन्द हुनेछ ।

राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङगमा रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरू र दुईवटा उपशाखाहरू स्थापना गरी सेवाग्राहीहरूलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x