Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअजोड इन्स्योरेन्सको ‘कृषि तथा पशुपन्छी अभिकर्ता तालिम’

अजोड इन्स्योरेन्सको ‘कृषि तथा पशुपन्छी अभिकर्ता तालिम’


काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ । बीमा समितिको स्वीकृतिबमोजिम कम्पनीले यही साउन १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा कम्पनीकातर्फबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा ३ जना अभिकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको सञ्चालल कम्पनीको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार क्षेत्री साउदले गरेका थिए । अजोड इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्लाबाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालीम सञ्चालन गरेको छ ।

सो कार्यक्रममा कम्पनीको लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुख भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x