Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंक र एनआरएनबीच सम्झौता

प्रभु बैंक र एनआरएनबीच सम्झौता


काठमाडौं । प्रभु बैंक र गैरआवासीय नेपाली संघ (एनआरएन) बीच विदेशी मुद्रामा खाता खोल्ने र अन्य बैंकिङ सेवाका लागि एनआरएनसँग सम्झौता भएको हो । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका हुन् ।

बैंकले ‘मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौँ’ नाराका साथ विदेशी मुद्रामा बचत तथा मुद्दति खाता खोल्न सकिने जानकारी दिएको छ । बैंकका अनुसार खाता अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्यूनतम मौज्दात अमेरिकी डलर एक हजार वा सोबराबरको उपयुक्त परिवर्त्य विदेशी मुद्रा कायम गरी खोल्न सकिनेछ ।

खातामा नेपाल राष्ट्र बैंकको नीतिको अधीनमा रही विदेशबाटै बैंकिङ प्रणलीबाट मात्र रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । खातामा नगद रकम जम्मा गर्न नपाइने बैंकले जानकारी दिएको छ । यसरी जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमा नै फिर्ता लैजानु परेमा जम्मा गरेकै मुद्रामा सोही देशमा निक्षेपकर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाउन पाइनेछ । तर यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिनेछ । प्रमुख कार्यकारी अधिकृत शेरचनले गैरआवासीय नेपाली र विदेशमा काम गरिरहेका नेपालीलाई बैंकले सबै सेवा दिने प्रतिबद्धता जनाएका छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x