सांग्रिला डेभलपमेन्ट बैंकको व्यावसायिक छलाङ
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–०७९ मा ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ४१ करोड ८० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब एक करोड छ लाख ६९ हजार रुपैयाँ रहेको बैंकले आव २०७८–०७९ मा ४८ अर्ब ७७ करोड ५३ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८४ करोड २५ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ७४ करोड ७९ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ५९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ३४ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ४१ अर्ब ७९ करोड ७३ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब चार करोड ४७ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २० करोड ६५ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया