बजार परिसूचक दुई हजार एक सय १३ दशमलव ५५ विन्दुमा
सातामा २३ अर्ब ४२ लाख ६३ हजार रुपैयाँको सेयर खरिदबिक्री
काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार एक सय १३ दशमलव ५५ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय छ दशमलव ४५ विन्दुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ३९ हजार नौ सय ७६ पटकको कारोबारमा पाँच करोड ४१ लाख ९९ हजार पाँच सय ३१ कित्ता सेयर खरिद–बिक्री हुदा कुल कारोबार रकम २३ अर्ब ४२ लाख ६३ हजार एक सय छ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २७ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख २५ हजार तीन सय ८५ पटकको कारोबारमा चार करोड ९६ लाख ८२ हजार तीन सय १९ कित्ता सेयर खरिदबिक्री हुदा कुल कारोबार रकम २० अर्ब ८७ करोड २२ लाख ५२ हजार सात सय ९७ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष छ कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो कारोबार दिन सेयरबजार परिसूचक उकालो लागेको थियो भने तेस्रो, चौथो, पाँचौँ र छैठौँ कारोबार दिन सेयरबजार परिसूचक ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन बजार परिसूचक ५४ दशमलव ५८ अंकले उकालो लागेर २१ हजार ९५ दशमलव १० विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ७२ अंकले उकालो लागेर चार सय १९ दशमलव २० विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसूचक एक दशमलव १५ अंकले उकालो लागेर दुई हजार एक सय ९६ दशमलव २५ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९४ उकालो लागेर चार सय २१ दशमलव १३ विन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक दुई दशमलव ७६ अंकले ओरालो लागेर दुई हजार एक सय ९३ दशमलव ४८ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन चार सय २१ दशमलव १३ विन्दुमा नैं स्थिर रहेको देखिएको छ ।
चौथो कारोबार दिन पनि बजार परिसूचक छ दशमलव ७२ अंकले ओरालो लागेर दुई हजार एक सय ८६ दशमलव ७६ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६३ विन्दुले ओरालो लागेर चार सय २० दशमलव ५० विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक ३८ दशमलव ६१ अंकले ओरालो लागेर दुई हजार एक सय ४८ दशमलव १६ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव २५ विन्दुले ओरालो लागेर चार सय १२ दशमलव २५ विन्दुमा झरेको थियो । छैटौँ कारोबार दिन पनि बजार परिसूचक ३४ दशमलव ६१ अंकले ओरालो लागेर दुई हजार एक सय १३ दशमलव ५५ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव आठ ओरालो लागेर चार सय छ दशमलव ४५ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
- पाँच दिने भक्तपुर महोत्सव हुने
- १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप नि:शुल्क
- भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै
- प्राधिकरणको नक्कली आम्दानीले कुलमान समस्यामा
- बहुवर्षीय ठेक्कासम्बन्धी संशोधित मापदण्डमा पुरानै मुद्दा
- पशुपति धर्मशाला विवादमा मारवाडीको दाबी झुटो साबित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया