Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा

‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा


काठमाडौं । विगत डेढ दशकदेखि सर्वसाधारणलाई गुणस्तरीय र सुरक्षित सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंकले यही साउन २१ गते थप आकर्षक मुद्दती योजना ‘सिटिजन्स चिरायु मुद्दती योजना’ तथा ‘रेमिट्यान्स चिरायु मुद्दती योजना’ खाताको शुभारम्भ गरेको छ । यी मुद्दती योजनाहरू बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित तीनदिने लिडरसिप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डिङ कनक्लेभ भन्ने एक कार्यक्रमका बीच आजको मितिदेखि नै आरम्भ भएको घोषणा गरेका हुन् । शाखा प्रबन्धकहरू त्था वरिष्ठ व्यवस्थापकहरूलाई चितवनको सौराहमा सम्बोधन गर्दै बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बैंकलाई अब्बल बनाउने घोषणा पनि गरेका छन् ।

सिटिजन्स चिरायु मुद्दती योजना योजनाअन्तर्गत आदरणीय ग्राहकहरूले १३ वर्ष चार महिनादेखि २२ वर्ष एक महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार साँवा तथा ब्याजबापत लाग्ने करपश्चात् एकमुस्टरूपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । तथा रेमिटेन्स चिरायु मुद्दती योजना ग्राहक महानुभावहरूले १२ वर्ष तीन महिनादेखि २० वर्ष तीन महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार साँवा तथा ब्याजबापत लाग्ने करपश्चात् एकमुस्ट रूपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनुहुनेछ । यस मुद्दती निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकहरूले यो खाता बैंकको कुनै पनि शाखामार्फत न्यूनतम ५० हजार मौज्दातमा खोल्न पाउन सक्नेछन् । यस मुद्दती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिट्यान्स ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथै उनले ग्राहकहरूको वित्तीय आवश्यकताहरू सहजताका साथ पूरा होस् भन्ने अभिप्रायका साथ बैंकले आफ्नो वेबसाइटमार्फत स्मार्ट सर्भिसेज सेवा समेत सुचारु गरेको कुरा व्यक्त गरे । यस सेवाअन्तर्गत आफ्ना ग्राहकहरूले बैंकको वेबसाइटमार्फत नै विभिन्न कार्डसम्बन्धी सेवाहरू मोबाइल र ई–बैकिङसम्बन्धी सेवाहरू सेयरसम्बन्धी सेवाहरू तथा क्यूआरसम्बन्धी सेवा सहजताका साथ प्राप्त गर्न सक्नेछन् । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x