बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरूलाई समयसापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधाहरू दिँदै आइरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा यस बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौतापश्चात् बैंकका कार्डवाहकहरूले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् । बैंकका कार्डवाहकहरूले कार्ड लिंकपश्चात् मोको डिजिटल वालेटमार्फत विभिन्न भुक्तानी सेवाहरूको उपभोग गर्न मिल्नेछ । भुक्तानी सेवाहरूमा जस्तैः मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकटको भुक्तानीलगायतका सेवाहरूको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डबाहकहरूले मोकोमार्फत स्क्यान गरी १५ सयभन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्न मिल्नेछ ।
यससँगै बैंकका कार्डवाहकहरूले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरूको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् । यस सेवाको प्रयोग गर्न ग्राहक महानुभावहरूले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ । हालसम्म बैंकले एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया