Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सद्वारा नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण

समृद्धि फाइनान्सद्वारा नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण


काठमाडौं । समृद्धि फाइनान्सले श्रावण २५ गते नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रमअन्तर्गत दुई सय जना विद्यार्थीहरूलाई नौ सय थान कापी र दुई सय थान पेन वितरण भएको संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् । फाइनान्सले समय–समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको जनाएको छ ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्र्तगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x