Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक लिमिटेड र होटेल शिरिष प्रालिबीच सम्झौता

कुमारी बैंक लिमिटेड र होटेल शिरिष प्रालिबीच सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेड र कपुरकोट नगरपालिका, वडा नम्बर ०३, सल्यानस्थित होटेल शिरिषबीच कुमारी बैंकका ग्राहकहरूलाई होटेल शिरिषबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भाइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत होटेल शिरिषका विभिन्न सेवाहरूमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरूले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना देशव्यापी एक सय ९७ शाखा सञ्जाल, एक सय ९१ एटीएम, ४८ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x