Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्सको ट्याब सेवा

मेरो माइक्रोफाइनान्सको ट्याब सेवा


काठमाडौं, फागुन १३
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहकहरूको सुविधाको लागि ट्याब बैकिङ तालिम सम्पन्न गरेको छ । नुवाकोटको बट्टारमा आयोजित तालिममा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरूलाई सहज बैकिङ सुविधाहरू घरदैलोमै उपलब्ध गराउने उद्देश्यअनुरूप यो सेवाको सुरुवात गर्न लागेको जानकारी दिए ।

नुवाकोट, धादिङ र गोरखाका आठवटा शाखा कार्यालयका कर्मचारीहरूले तालिम लिएका हुन् । तालिम इन्फो डेभलोपर्स प्रालिका सुवास गिरी, फाइनान्सका सूचना प्रविधि विभाग प्रमुख सुशीलकुमार पुडासैनी, पूर्णिमा प्रोजेक्ट नुवाकोटका कार्यक्रम संयोजक घनेन्द्र रिजाल, परियोजना अनुसन्धान तथा बिकास विभाग प्रमुख माधव न्यौपानेले सहजीकरण गरेका थिए ।

फाइनान्सको ट्याब तथा मोबाइल बैकिङ, एसएमएस सेवाले ग्राहकहरूलाई छिटोछरितो माध्यमबाट डिजिटल सेवा सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको संस्थाले ६१ जिल्लामा एक सय २१ शखा कार्यालयमार्फत एक लाखभन्दा बढी गरिब तथा विपन्न घरपरिवारहरूलाई आर्थिक तथा सामाजिक क्रियाकलापमा सहयोग गर्ने उद्देश्यले विभिन्न लघु वित्तीय सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x