साना किसान लघुवित्तको खुद मुनाफा ७० करोड ८३ लाख
काठमाडौं । साना किसान लघुत्ति वित्तीय संस्थाले आर्थिक बर्ष २०७८–०७९ मा ७० करोड ८३ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ६० करोड ३१ लाख ११ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा १६ अर्ब ३० करोड ४३ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ३१ करोड १५ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३४ करोड ७३ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले १३ अर्ब नौ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८८ करोड २४ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २१ करोड ७३ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मनसुनी वायुको प्रभाव देशभर कायम
- विश्वका विभिन्न देशमा मनाइयो संविधान दिवस
- उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल
- राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा
- प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
- विकासमा महिलावादी सिद्धान्तको महत्व
- दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया