Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबीमा विधेयक २०७९ संसद्बाट पारित

बीमा विधेयक २०७९ संसद्बाट पारित


काठमाडौं । संसद्ले बीमा विधेयक २०७९ संसद्बाट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा छलफलका लागि पेस भएको विधेयक संसद्बाट बहुमतले पारित गरेको हो ।

संसद्को अर्थ समितिले पेस गरेको प्रतिवेदनसहित छलफल गरेर संसद्बाट बीमा विधेयक २०७९ पारित भएको हो । सो क्रममा विधेयक माथि उठेका जिज्ञासहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा प्राधिकरण स्वायत्तता हुने जानकारी दिएको छ । बीमा विधेयक पारित भएपछि बन्ने बीमा प्राधिकरण स्वायत्त हुनेछ, संसद्समक्ष अर्थमन्त्री शर्माले भने । बीमा क्षेत्रको नियमन निकाय बीमा प्राधिकरण स्वायत्त हुने र यसमा कुनै हस्तक्षेप नहुने उनको भनाइ छ ।

स्वास्थ्य बीमा ऐनलाई बीमा विधेयकले कुनै हस्तक्षेप नगरेको भन्दै अर्थमन्त्री शर्माले संसद्बाट पारित भएको बीमा विधेयक २०७९ राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिद्वारा स्वीकृत भएपछि ऐनको रूपमा लागू हुने जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x