खोकनामा नबिल बैंकको वित्तीय पहुँच अभिमुखीकरण
काठमाडौं । नबिल बैंकले ललितपुरको खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । बैैंकका अनुसार उक्त कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवद्र्धनमा केन्द्रित रहेको थियो ।
बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाहरूको बारेमा विशेष प्रस्तुति दिएको थियो । कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरूको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न बैंक सधैँ तत्पर रहेको बताए । त्यस्तै, ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रविन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यवादज्ञापन गर्दै खोकनावरपर उद्यमशीलता विकास गर्न बैंकसँग हातेमालो गर्ने बताएका छन् ।
नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसको दिनबाट दिगो बैंकिङको सुरूवात गरेको हो । १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल एक सय शाखामा विस्तार गरेको छ । दिगो बैंकिङअन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत बैंकले पाँच सयभन्दा बढी उद्यमीलाई ५५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया