Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएमडीसी लघुवित्तद्वारा ओसिड नेपाललाई सहयोग

आरएमडीसी लघुवित्तद्वारा ओसिड नेपाललाई सहयोग


काठमाडौं, फागुन १३
आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कालोपुलस्थित अनाथ बालबालिकालाई आश्रय दिएको समुदाय, वातावरण तथा बाल विकास संघ (ओसिड) नेपाललाई सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त संस्थलाई नगद तथा खाद्य सामग्री सहयोग गरेको हो । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले ओसिड नेपालका अध्यक्ष विभोरलाल श्रेष्ठलाई ५० हजार रूपैयाँबराबरको खाद्य सामग्री र ओसिड नेपालको नाममा ५० हजार रूपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुुन् । उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रबन्धकद्वय अन्नपूर्ण श्रेष्ठ, रूपबहादुर खड्का, प्रबन्धक ज्ञानुमाया भण्डारी र उक्त संस्थाका उपाध्यक्ष शशि श्रेष्ठलगायत अन्य पदाधिकारी तथा सोही संस्थाका अनाथ बालबालिकाहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x