टेलिकमको नाफा ८ अर्ब ३८ करोड
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजानिक गरेको छ । कम्पनीले सार्वजानिक गरेको वित्तीय विरण अनुसार आव २०७८/७९ को चौथो त्रैमासिक अवधि (२०७९ आषाढ मसान्त) सम्म कम्पनीले ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँँ खुद मुनाफा कमाएको छ ।
कम्पनीको आ.व. २०७७/०७८ को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) मा खुद मुनाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँँ रहेको थियो । समिक्षा अवधीमा कम्पनीको नाफा १ अर्ब २५ करोड ६ लाख ४७ हजार रुपैयाँँले वृद्धि भएको हो । यस्तै कम्पनीको कुल सञ्चालन आय ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रुपैयाँँ पुगेको छ । अघिल्लो आवमा ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रुपैयाँँ रहेको कम्पनीको कुल संचालनमा आय गतवर्ष ५ दशमलब ४४ प्रतिशतले वृद्धि भएको हो । यस्तै कम्पनीको कुल आय ५ प्रतिशतले वृद्धि भएको छ । आब २०७७/०७८ को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्मको कुल आय ४२ अर्ब २० करोड ९९ लाख ३ हजार रुपैयाँँ रहेकोमा गत आ.व. को सोही अवधिमा २ अर्ब ११ करोड १४ लाख ५४ हजार रुपैयाँँले वृद्धि भई ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रुपैयाँँ पुगेको हो । डाटा सेवाको प्रयोगमा वृद्धि, फोरजी सेवाको विस्तार, बैंक ब्याजदर र विदेशी विनिमय दरमामा भएको परिवर्तन लगायतका कारण खुद नाफा बढेको उल्लेख गरेको छ ।
कम्पनीका अनुसार डाटा सेवाको प्रयोगमा वृद्धिले जिएसएम डाटा तर्फ करिब ५० करोड र फोरजी सेवाको व्यापक विस्तार गरिएका कारण जिएसएम भोईस सेवाको प्रयोगमा भएको वृद्धिले करिब २ अर्ब ५५ करोड रूप्ैयाँ थप आन्दानी भएको छ । यस्तै अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटिटि सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब ७० करोड, वायरलाईन सेवाको प्रयोग घटेकोले राजस्वमा करिब २१ करोड र सिडिएमए सेवा जिएसएम सेवामा प्रतिस्थापन गरिएको हुँदा करिब १२ करोड रुपैयाँँले कमी आएकोले कार्य सञ्चालन आयमा भने केही कमी भएको कम्पनीको भनाई छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- संस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा सबैभन्दा अगाडि
- समसामयिक राजनीतिक व्यङ्ग्य
- श्रीअजन्ता इलेक्ट्रिकमाथि राजस्वको अनुसन्धान सुरु
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
- एक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी
- संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया