Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच सम्झौता


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेन्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ ।

बैंकका ग्राहकवर्गहरूले मोको डिजिटल वालेटमार्फत नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहजरूपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत् तथा खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानीलगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकवर्गहरूले मोकोको एपमार्फत भिसा, यूपीआई, अली–पे, नेपाल–पे, खल्ती, आईएमई–पे, प्रभु–पे, क्यु–पेजस्ता विभिन्न क्यूआर स्क्यान गरी वस्तु तथा सेवा खरिदबापतको बिल भुक्तानी सजिलै गर्न सकिनेछ । ग्राहकवर्गहरूले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरेपश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एपमार्फत विद्युतीय भुक्तानी गर्न सकिनेछ । यसले गर्दा ग्राहकवर्गहरूको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x