Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली


काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ । साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

यसैगरी पहिलो पस कारोबारमा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने बैकक्ले जानकारी दिएको छ । साथै, क्यास ब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ । बैंकको देशका सातै प्रदेशमा एक सय २७ वटा कार्यालय तथा एक सय २० वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x