सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र
काठमाडौं । महिलाहरूको महान चाड हरिताण्लिका तीज रहेको भाद्र महिना, महिलाहरूको लागि विशेष महिना मानिन्छ । महिलाहरूलाई प्राथमिकता दिँदै आएको सनराइज बैंकले महिलाहरूका लागि यस महिना विशेष योजना ल्याएको छ । तीजको लागि महिलाहरूको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दैै बैंकले भाद्र १ गतेदेखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरूलाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा पाँच सय रुपैयाँ नबढ्ने गरी क्यासब्याक दिने व्यवस्था गरेको छ ।
साथै भाद्र महिनाभरि सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरूले पहिलो वर्षको लागि फ्रि डेबिट कार्ड, फ्रि मोबाइल बैंकिङ, फ्रि डिम्याट, फ्रि मेरो सेयर, फ्रि क्रेडिट कार्ड शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जसमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।
सनराइज बैंकले सनराइज नारी बचत खातामा १० हजार रुपैयाँसम्मको प्रसुति खर्च र पाँच लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ । साथै स्वास्थ्य योजनाअन्तर्गत एक लाखसम्मको स्वास्थ्य बीमा समेत दिँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया