एनएमबी म्युचुअल फन्डअन्तर्गतको म्युचुअल फन्ड योजनाहरूको विवरण सार्वजनिक
काठमाडौं । एनएमबी म्युचुअल फन्डअन्तर्गत एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबी हाइब्रिड फन्ड एल–१, एनएमबी फिफ्टी र एनएमबी सरल बचत फन्ड–इले आर्थिक वर्ष २०७८–०७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ । एनएमबी हाइब्रिड फन्ड एल–१ को २०७९ असारमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आर्थिक वर्ष २०७८–०७९ को लागि २१ दशमलव शून्य ५२ प्रतिशत नगद लाभांश घोषणा गरी यही साउन ३१ गते बुक क्लोज गरिसकेको छ ।
एनएमबी फिफ्टीको २०७९ असारमा प्रतिइकाइ खुद सम्पत्तिमूल्य १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फन्डको प्रतिइकाइ खुद सम्पत्तिमूल्य १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । एनएमबी म्युचुअल फन्डअन्तर्गतको चौथो म्युचुअल फन्ड योजना ‘एनएमबी सरल बचत फन्ड–इ’ रहेको छ । विगत नौ महिनादेखि सञ्चालनमा रहेको यस योजनाको २०७९ असारमा खुद सम्पत्ति मूल्य नौ रुपैयाँ ११ पैसा कायम रहेको छ ।
साथै एनएमबी क्यापिटल लिमिटेडको पाँचौँ म्युचुअल फन्ड योजना एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ २०७९ साउन २६ गतेदेखि निष्काशन भइरहेको छ । सो योजनाको म्युचुअल फन्ड इकाइमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
एनएमबीका ग्राहकले अब बुद्घ एयर र यती एयरमा क्यास ब्याक पाउने
आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबी बैंकले अहिलेबाट नै क्यास ब्याक अफर प्रस्तुत गरेको छ । एनएमबीका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा नेपाली रूपैंयाँ क्रमशः तीन सय ५० र पाँच सय क्यास ब्याक सुविधा पाउने भएका छन् । क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबी कार्डहरूमा इ–कमर्स सक्रिय गर्नुपर्नेछ । यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध रहने बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखा, एक सय ३८ वटा एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया