Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारश्रृजनशील लघुवित्तको मुनाफा चार करोड २९ लाख

श्रृजनशील लघुवित्तको मुनाफा चार करोड २९ लाख


काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा चार करोड २९ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाका यस्तो नाफा छ करोड ५७ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ८२ करोड ४५ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २८ करोड ८२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ५२ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको, प्रोभिजा रकम दुई करोड २६ लाख ४४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ११ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ६१ करोड ८९ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८२ करोड ४९ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ९५ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा प्रोभिजन रकम एक करोड ६३ लाख ४४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x