Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाधना लघुवित्तको नाफा ११ करोड ६१ लाख

साधना लघुवित्तको नाफा ११ करोड ६१ लाख


काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा ११ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ११ करोड ७० लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा एक अर्ब ३४ करोड २१ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३९ करोड तीन लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा २८ करोड ८७ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५१ लाख ३९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९२ प्रतिशत रहेको थियो ।

गत आवमा भने संस्थाले ८३ करोड ५२ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २६ करोड ४९ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड २६ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ७४ लाख ११ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव शून्य दुई प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x