Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको ‘एनएमबी स्मार्ट नारी बचत खाता’

एनएमबी बैंकको ‘एनएमबी स्मार्ट नारी बचत खाता’


काठमाडौं । एनएमबी बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबी स्मार्ट नारी बचत खाता’ प्रस्तुत गरेको छ ।

महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयासस्वरूप यस योजनाअन्तर्गत ग्राहकहरूले मेडिकल, स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक पाँच हजारसम्म क्यास ब्याक पाउन सक्नेछन् । त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याटलगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा शून्य दशमलव २५ प्रतिशतसम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३८ वटा एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x