गुराँस लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा प्राडा झा नियुक्त
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा प्राडा प्रमोद कुमार झा नियुक्त भएका छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका झा स्नातकोत्तर क्याम्पस विराटनगरमा लामो समय प्राध्यापन क्षेत्रमा संलग्न हुनुको साथै राष्ट्रिय योजना आयोगको परामर्शदाता, विश्व विद्यालय अनुदान आयोगको पूर्वसदस्य र सिर्जना फाइनान्स लिमिटेडको सञ्चालक भई कार्य गरिसकेका छन् ।
गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको यही साउन ३० गते सम्पन्न बैठकबाट स्वतन्त्र सञ्चालक पदमा नियुक्त डा. झा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ को आर्थिक सल्लाहकार, विराटनगर महानगरपालिका, उद्योग संगठन मोरङ र मोरङ व्यपार संघको समेत आर्थिक सल्लाहकारको रूपमा कार्य गरिसकेका एक अनुभवी अर्थशास्त्रीको रूपमा परिचित छन् ।
गुराँस लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गको प्रदेश स्तरीय लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले हाल १ नं. प्रदेशमा ३३ वटा शाखा कार्यालयमार्फत २० हजारभन्दा बढी घर परिवारलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया