नेको इन्स्योरेन्सको ‘कृषकहरूलाई फलफूल खेतीसम्बन्धी तालिम’
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आव २०७९–०८० मा नेकोको अभियान : कृषिमा योगदान भन्ने नाराका साथ कृषि बीमा योजना लिएर कृषकहरूको घरदैलोमा पुगिरहेको छ । विशेषगरी साना किसानहरू जसले सानो खेती, थोरै पशुधनबाट आफ्नो जीविकोपार्जन गरी रहेकाहरूको कुनै दैवी प्रकोप वा रोग/किराबाट खेती वा पशुधनको नोक्सानी भएमा क्षतिपूर्ति दिने उद्देश्यले यो अभियान प्रारम्भ गरिएको हो ।
यसै सिलसिलामा कम्पनीले कृषकहरूलाई आधुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारीकरणलगायत ड्रागन फ्रुट (सिउँडी फल) र एलोभेरा (घ्यूकुमारी) खेतीबाट आम्दानी गर्ने तरिकासम्बन्धी जानकारीमूलक कार्यक्रम यही भाद्र ३ गते सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा औरही गाउँपालिका र सुखीपुर नगरपालिका समेतका करिब दुई सय जना कृषकहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्कालगायतका विज्ञहरूले सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागीहरूले यस कार्यक्रमबाट खेती गर्ने नयाँ तरिकालगायत आफ्नो मिहिनेतबाट आम्दानी गरी आत्मनिर्भर हुन सक्ने सीपको बारेमा जानकारी पाएकोले कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया