Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकका ग्राहकहरूलाई विराटचोकको नेपालीरिका होटलमा छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई विराटचोकको नेपालीरिका होटलमा छुट


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विराटचोकस्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले नेपालीरिका होटलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङमार्फत होटल बसाइ सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकहरूलाई डिजिटल बैंकिङ माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरूसञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकमैत्री प्रविधिहरू भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरू जस्तैः अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ ।

सिद्धार्थ क्यापिटलको ‘वृक्षरोपण कार्यक्रम’
सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो १०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कालिमाटीस्थित जन प्रभात माध्यमिक विद्यालयमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । यस अवसरमा स्वच्छ र हरियालीका लागि दिगो जीवन र व्यक्तिगत जिम्मेवारी प्रवर्द्धन गर्ने उद्देश्यले रुख र फूलसहित दुई सय ५० भन्दा बढी बिरुवा रोपिएको थियो ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका कर्मचारी, जन प्रभात माविका विद्यार्थीलगायत करिब ९० जनाको उत्साहजनक सहभागिता रहेको थियो । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा समाजको हितलाई प्रवद्र्धन गर्ने उद्देश्यले अन्य गतिविधिहरू पनि योजना बनाएको छ ।

Open photo

सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ बैंक लिमिटेडको ५१ प्रतिशत सेयर रहेको सहायक कम्पनी हो । सामूहिक लगानी कोष नियमावली २०६७ अन्तर्गत म्युचुअल फण्ड सञ्चालन गर्ने पहिलो कम्पनी बनेको सिद्धार्थ क्यापिटल लिमिटेडले २८ सेप्टेम्बर २०१२ मा औपचारिक रूपमा आफ्नो व्यवसाय सुरु गरेको हो । देशमा उद्योग स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेको कम्पनीले आफ्नो सञ्चालन र नवीन सेवाहरूमार्फत नेपाली जनताको समृद्धिमा विगत १० वर्षदेखि विशेष यागदान पु-याउँदै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x