एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता
काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेडबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।
एभरेष्ट बैंकका ग्राहकहरूलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डहरूबाट विभिन्न सेवाहरू जस्तैः मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानीलगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन् । यसैगरी बैंकका ग्राहकहरूले मोकोमार्फत स्क्यान टू पे माध्यमबाट एक हजार पाँच सयभन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् ।
मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध रहेको छ । स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको रहेको बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेको दाबी बैंक स्वयमले गरेको छ । बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय १८ शाखा सञ्जाल, चारवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, एक सय ५२ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया