Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटलको ५५ प्रतिशत नगद लाभांश पारित

एनआईसी एसिया क्यापिटलको ५५ प्रतिशत नगद लाभांश पारित


काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा बुधबार, क्यापिटलको रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७८–०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५५ प्रतिशत (करसहित)का दरले हुनआउने ११ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आव २०७८–०७९ मा १२ करोड आठ लाख खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ६० रुपैयाँ ३९ पैसा कायम गरी सञ्चालनमा रहेका मर्चेन्ट बैंकहरूमध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए । उनले क्यापिटल स्थापना भएको पाँच वर्ष चार महिनाको छोटो अवधिमै हाल सञ्चालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरूमध्ये निक्षेप सदस्य सेवाअन्तर्गत छ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवाअन्तर्गत एउटा खुलामुखी योजनासहित पाँचवटा योजना सञ्चालन गरी म्युचुअल फन्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवाअन्तर्गत पाँच सय ७३ जना ग्राहकहरूबाट एक अर्ब ६७ करोडभन्दा बढी रकम संकलन गरी तेस्रो स्थान हासिल गर्न सफल भएको व्यहोरा सभालाई जानकारी गराए । साथै क्यापिटलले सञ्चालनमा आएको पाँच वर्ष चार महिनाको अवधिमै आफ्नो सेयरधनीलाई एक सय ४१ प्रतिशतभन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीतिअनुरूप संस्थाले डिम्याट खाता र मेरो सेयर खाता खोल्न, नवीकरण गर्ने, खुलामुखी योजनाको इकाइको खरिद, पुनः खरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । क्यापिटलले प्रदान गर्ने सेवाहरूलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहनाअनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र किर्तिपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ ।

साथै निकट भविष्यमा काठमाडौं उपत्यकाबाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको छ । क्यापिटलले हाल सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्डमा (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी र सिस्टमेटिक वीथड्रल प्लाल (एसडब्लुपी) सञ्चालन गर्न लागेको छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष सञ्चालन गर्नको लागि आसयपत्र प्राप्त गरिसकेको र यथाशीघ्र विशिष्टीकृत लागनी कोषअन्तर्गत प्राइभेट इक्विटी र भेञ्चर इक्विटी सेवा प्रदान गर्ने योजना रहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x