Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखप्तड लघुवित्तको एक करोड ३२ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला

खप्तड लघुवित्तको एक करोड ३२ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला


काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको एक करोड ३२ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक लाख ३२ हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको यही भदौ आठ गते सुरु भएको साधारण सेयरको बिक्रीकार्य छिटोमा भदौ १२ गते र ढिलोमा यही भदौ २२ गते बन्द हुनेभएको छ ।

बिक्री खुला गरिएको कुल सेयरमध्येमा एक दशमलव ५१ प्रतिशत अर्थात् दुई हजार कित्ता सेयर कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात् छ हजार छ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको एक लाख २३ चार सय कित्ता सेयर सर्वसाधारणमा बिक्री हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १३ सय २० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी १० करोड, जारी पुँजी चार करोड एवं चुक्ता पुँजी दुई करोड ६८ लाख रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी चार करोड रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x