Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकले डिबेन्चर जारी गर्न बोर्डबाट पायो स्वीकृति

कुमारी बैंकले डिबेन्चर जारी गर्न बोर्डबाट पायो स्वीकृति


काठमाडौं  । कुमारी बैंकले ११ प्रतिशत किबीएल डिबेन्चर–२०८९ (ऋणपत्र) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ को एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट यही भदौ एक गते स्वीकृति प्राप्त गरेको छ ।

बैंकका अनुसार उक्त तीन अर्बबराबरको ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने गरिनेछ । ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सार्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्रमध्ये सामूहिक लगानी कोषलाई छुट्याएको पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि तीनवटा सामूहिक लगानी कोषबाट कुल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सोलाई समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जानकारी दिएको छ । यस सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरूले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले आफ्ना देशव्यापी एक सय ९७ शाखा सञ्जाल, एक सय ९१ एटीएम, ४९ शाखारहित बैंकिङ इकाइ तथा २६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x