Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको विशेष छुटको योजना

सानिमा बैंकको विशेष छुटको योजना


काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरूलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरूले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइक फार्म नेपाल) र सोवा हेल्थ केयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको डेविट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) बाट साझेदारी मर्चेन्टहरूमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरूले सानिमा मोबाइल बैंकिङबाट क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुनेछ ।

बैंकको देशका सातै प्रदेशमा एक सय २७ वटा शाखा कार्यालय तथा एक सय २० वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x