हितग्राही ग्राहकको लागि प्रभु क्यापिटलको विशेष अफर
काठमाडौं । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही भदौ आठ गते प्रभु क्यापिटल तथा टी तीन थकाली ग्रुपका बीचमा सम्झौता भएको छ । यस अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी तीन थकाली ग्रुपबाट सेवा लिँदा १२ प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट तथा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ ।
सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टी तीन थकाली ग्रुपको एयरपोर्ट, महाराजगञ्ज तथा टोखाका शाखाहरूबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । नेपाली पुँजी बजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले दुई लाख १५ हजारमाथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया