Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’


काठमाडौं  । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन लिडर्स नाइट’कोे पाँचौँ संस्करण २०७९ साल भाद्र ९ गते बिहीबारको दिन होटेल सोल्टी क्राउन प्लाजमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरि रहेका ४८ हजार अभिकर्ताहरूमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८–०७९ सालमा उत्कृष्ट कार्यसम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडरहरू, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरूलाई सम्मान गरियो । कार्यक्रममा तीन सय ६० सक्रिय सिटिजन लिडरहरूको उपस्थिति थियो । कम्पनीका अध्यक्षश्री प्रदिपजंग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको सुरुवात कम्पनीका अध्यक्षद्वारा कम्पनीको प्रतीक ‘झण्डा’को विमोचन गरिएको थियो । कार्यक्रममा मुख्य अतिथिका रूपमा डा. भागवान् कोइरालाको उपस्थिति थियो । आफ्नो जीवनका भोगाइहरू व्यक्त गर्दै र सकारात्मक सोचको बारेमा केही कुराहरू राख्दै उनले आफूले मनदेखि चाहेको खण्डमा केही कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिँदै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरूलाई प्रेरित गरे ।

सिटिजन लिडरहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस पेसालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरूलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको र रहने बताउँदै यस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । उनले आगामी दिनहरूमा बीमामा आबद्ध भई उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरूलाई प्रेरित गरे ।

कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याइपु-याउन प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरू; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवं नवीनतम जीवन बीमा योजना र व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरूसहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।

समापनको अवसरमा कम्पनीका ब्रान्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा उनीहरूलाई गर्व रहेको भावना व्यक्त गरे । संस्थाले सधैँ आफूहरूलाई धेरै माया गरेको र देशको भरपर्दाे लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध रहन पाउँदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरूलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वरोजगार भएर जीवन निर्वाह गरेकोमा बधाई साथै शुभकामना व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x