मेगा क्यापिटलको ‘नारी पोर्टफोलियो सेवा’मा छुट
काठमाडौं । सेयर लगानी व्यवस्थापन सेवा अर्थात् पोर्टफोलियो व्यवस्थापन सेवाप्रदायक कम्पनीहरूमध्ये छोटो समयमा मेगा क्यापिटल लिमिटेडले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल साबित गर्न सफल भएको जानकारी दिएको छ । सोहीअनुसार यस वर्षको हरितालिका तीजको उपलक्ष्यमा नारी सशक्तीकरणका लागि क्यापिटलले छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान घोषणा गरेको छ ।
कम्पनीले नारीहरूले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु-याउने विश्वास कम्पनीले राखेको छ । आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा सेयर बजारसम्बन्धी जानकारी तथा अनुभव नभए पनि विशेषज्ञहरूबाट व्यावसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सेवा न्यूनतम तीन लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरूबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च छ । उक्त सेवा २०७९ भाद्र १२ गतेदेखि असोज १२ सम्म लागू हुनेछ ।
कम्पनीका अनुसार यो सेवामा एमएमसी पूर्णरूपमा निःशुल्क हुनेछ । सो सेवा आफूसँग भएको सेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिने । पीएमएसको सम्पूर्ण जानकारी अनलाइनमार्फत वा प्रत्यक्ष भेटघाटबाट गराइनेछ । इच्छिुक नारीहरूले उक्त सेवासम्बन्धी विस्तृत विवरणका लागि ९८५१०६७५६८, ०१–५३६२७७२ वा सिधा मेगा क्यापिटल मार्केटस लिमिटेडमा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया