पिपुल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट
काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आइतबार प्राथमिक सेयर बाँडफाँटकार्य सम्पन्न गरेको हो । पिपुल्स पावरको प्राथमिक सेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका एक हजार छ सय आठ तथा अन्य कारणबाट आवेदन रद्द भएका तीन हजार पाँच सय चारबाहेक बाँकी रहेका योग्य आवेदनहरू १५ लाख ५१ हजार चार सय १३ वटामध्येबाट दुई लाख २९ हजार चार सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२ लाख ९४ हजार छ सय ८० र दुई जनालाई थप एक कित्ता गरी जम्मा २२ लाख ९४ हजार छ सय ८२ कित्ता सेयर बाँडफाँट गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई साउन ३१ गतेदेखि भदौ ०५ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कुल सेयर २४ लाख ६७ हजार चार सय कित्तामध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशतबराबर एक लाख २३ हजार तीन सय ७० कित्ता तथा कर्मचारीलाई पाँच प्रतिशतबराबर ४९ हजार तीन सय ४८ कित्ता छुट्याई बाँकी रहेको २२ लाख ९४ हजार छ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब सात दशमलव ३७ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको हो । बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेबसाइट र तथा सीडीएससीको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
- एक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी
- संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया