एनएमबी बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सम्झौता
काठमाडौं । एनएमबी बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बीआइआई) बीच सम्झौता भएको छ । बैंकले बीआईआईबाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउनेसम्बन्धी सम्झौता गरेको जानकारी दिएको छ ।
बैंक बीआइआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको जानकारी पनि बैंकले दिएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने विश्वास पनि बैंकले लिएको छ । यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
सम्झौता हस्ताक्षर समारोहमा बैंकका कार्यकारी अधिकृत सुनील केसीले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रमा कार्यरत परियोजनाहरू लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडि पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभर दुई सय एक वटा शाखा, एक सय ३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया