सानिमा बैंकको मोबाइल बैंकिङ योजनामा विशेष अफर
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत, सानिमा मोबाइल बैंकिङबाट पहिलो पटक टपअप गर्ने ग्राहकहरूले १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
यसैगरी मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्ये सबैभन्दा बढी कारोबार गर्ने तीन जना ग्राहकहरूले मोबाइल फोन जित्न सक्नेछन् । मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन् । यो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुनेछ ।
बैंकको हाल देशको सातै प्रदेशमा एक सय २७ वटा शाखा कार्यालय तथा एक सय २० वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया