Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकको दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुला

हिमालयन बैंकको दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुला


काठमाडौं । हिमालयन बैंकले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमार्फत एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी २५ लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो ।

बैंकका अनुसार सात वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर तोकिएको हिमालयन बैंक लिमिटेड बन्ड २०८६ को बिक्री कार्य यही भदौ १५ गतेबाट खुला भएको हो । ऋणपत्रको बिक्रीकार्य भने छिटोमा यही भदौ १९ गते र ढिलोमा यही भदौ २९ गते बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x