Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वामी रामदेव र आचार्य बालकृष्णद्वारा एभरेष्ट बैंक र पतञ्जली नेपालको को. ब्रान्डेड क्रेडिट सुरु

स्वामी रामदेव र आचार्य बालकृष्णद्वारा एभरेष्ट बैंक र पतञ्जली नेपालको को. ब्रान्डेड क्रेडिट सुरु


काठमाडौं । एभरेष्ट बैंक लि. र पतन्जली आयुर्वेद प्रालि, नेपालले को. ब्रान्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन् । तीजको अवसरमा नयाँ दिल्ली, भारतमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्तरूपमा सो कार्डको सुरुवात गरेका हुन् । यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतञ्जलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् भने सुरुवाती तीन महिनाको लागि इसुयेन्स फीमा ५० प्रतिशत छुट हुनेछ ।

सो कार्यक्रममा पतञ्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतञ्जलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझै उनीहरूका आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे । साथै स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बीमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरूलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे । यस कार्डबाट बैंक र पतञ्जलीका ग्राहकको खरिद अनुभव नौलो तथा स्मरणयोग्य हुनुका साथै सरल तथा सहज हुनेछ ।

स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकमा हालसम्म १२ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय १८ वटा शाखा सञ्जाल, चारवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, एक सय ५३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x