Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसीबीआईएल क्यापिटलले ल्यायो उच्चतम प्रतिफलका लागि पीएमएफ योजना

सीबीआईएल क्यापिटलले ल्यायो उच्चतम प्रतिफलका लागि पीएमएफ योजना


काठमाडौं । सीबीआईएल क्यापिटल प्रालिले उच्चतम प्रतिफलको लागि लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ योजना सीबीआईएल पोर्टफोलियो अफ म्युचुअल फन्ड (पीएमएफ) सुरु गरेको छ । कम्पनीका अनुसार सीबीआईएल पोर्टफोलियो अफ म्युचुअल फन्ड (पीएमएफ) एउटा पृथक एवं नवीनतम् अवधारणमा आधारित योजना हो, यसले ग्राहकहरूलाई भिन्न किसिमको लगानीको अनुभव प्रदान गर्दै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ ।

यस योजनाकाअन्तर्गत न्यूनतम लगानी तीन लाख रुपैयाँ वा उक्त रकमबराबरको सेयर लगानी गर्न सकिनेछ । न्यूनतम अवधि दुई वर्ष तोकिएको योजनाको वार्षिक सेवाशुल्क शून्य दशमलव ५० प्रतिशत तोकिएको छ ।

यो सेवा लिनको लागि ग्राहकहरूले सीबीआईएल क्यापिटल लि., बाटुलेघर वा सिटिजन्स बैंक इन्टरनेसनल लि. को डिल्लीबजारस्थित कार्यालयमा सम्पर्क गर्न ससकिने कम्पनीले जनाएको छ । साथै, यस योजनासम्बन्धी थप जानकारीको लागि मोबाइल नंः ९८१८९७०९२२ वा इमेलमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x