Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक एक हजार नौ सय ७० दशमलव ६२ विन्दुमा

बजार परिसूचक एक हजार नौ सय ७० दशमलव ६२ विन्दुमा


काठमाडौं । यस साता सेयर बजार परिसूचक एक हजार नौ सय ७० दशमलव ६२ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८३ दशमलव २० विन्दुमा सीमित भएको छ ।यस साता धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ६२ हजार नौ सय ३६ पटकको कारोबारमा दुई करोड १२ लाख ४५ हजार सात सय ७८ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम सात अर्ब ५५ करोड ४३ लाख ५८ हजार नौ सय २४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय २३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ९६ हजार एक सय ७३ पटकको कारोबारमा दुई करोड ६१ लाख दुई हजार चार सय ४७ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम नौ अर्ब ६४ करोड ५३ लाख ९७ हजार सात सय ५५ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष छ कार्यदिन नै खुला रहेको थियो । जसमध्ये दोस्रो र तेस्रो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने पहिलो, चौथौ, पाँचौँ र छैटौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो ।

जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक ३३ दशमलव ३६ अंकले ओरालो लागेर एक हजार नौ सय ८९ दशमलव २६ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव पाँच अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ७० विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक तीन दशमलव ७६ अंकले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव दुई विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७६ अंकले उकालो लागेर तीन सय ८७ दशमलव ४६ विन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसूचक दुई दशमलव ३३ अंकले उकालो लागेर एक हजार नौ सय ९५ दशमलव ३४ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४९ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ९५ विन्दुमा चढेको थियो ।

चौथो कारोवार दिन भने बजार परिसूचक २१ दशमलव ९७ अंकले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३६ विन्दुले ओरालो लागेर तीन सय ८४ दशमलव ५९ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक एक दशमलव आठ अंकले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव २९ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६६ विन्दुले ओरालो लागेर तीन सय ८३ दशमलव ९३ विन्दुमा झरेको थियो । छैटौँ कारोबार दिन पनि बजार परिसूचक एक दशमलव ६७ अंकले ओरालो लागेर एक हजार नौ सय ७० दशमलव ६२ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७४ अंकले ओरालो लागेर तीन सय ८३ दशमलव २० विन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x