Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकबाट सेनालाई वित्तीय साक्षरता कार्यक्रम

मेगा बैंकबाट सेनालाई वित्तीय साक्षरता कार्यक्रम


काठमाण्डौँ,फागुन १५
मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका विभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । मेगा बैंक महेन्द्रनगर शाखाबाट आयोजित कार्यक्रममा शाखा प्रबन्धक सन्जोग भट्टलगायतले मेगा बैंकका सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्वलगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली सेनाको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्नेत र सेनानी राकेश बस्नेतले सैनिकहरूलाई वित्तीय सारक्षता गराइ दिएकोमा मेगा बैंकलाई धन्यवाद दिए । बैंकले बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणलगायतका विषयमा यसअघि पनि विभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, सैनिकलगायतलाई साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x