Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकको ‘गज्जबको मुद्दती निक्षेप योजना’

सनराइज बैंकको ‘गज्जबको मुद्दती निक्षेप योजना’


काठमाडौं । सनराइज बैंकले गज्जबको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार आफ्ना ग्राहकहहरूको लागि १५ गुणासम्मको प्रतिफल दिने मुद्दती खाता सञ्चालनमा ल्याइएको हो । सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको पाँच गुणादेखि १५ गुणासम्म रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो खातामा १४ वर्ष आठ महिनामा मुद्दती रकम पाँच गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ । बैंकको अनुसार यस योजनामा सहभागी हुन न्यूनतम २५ हजार रकम मुद्दती गर्नुपर्नेछ ।

उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुने ग्राहकहरूलाई बैंकले पाँच लाखसम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x