Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र श्रीकृष्ण पोलिक्लिनिकबीच सम्झौता

कुमारी बैंक र श्रीकृष्ण पोलिक्लिनिकबीच सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेड र देवदह ०५, खैरेनी, रूपन्देहीस्थित श्री कृष्ण पोलिक्लिनिक प्रालिबीच कुमारी बैंकका ग्राहकहरूलाई कृष्ण पोलिक्लिनिकबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो श्री कृष्ण पोलिक्लिनिकबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट, क्रेडिट कार्डबाट गर्दा ओपीडी शुल्कमा ५० प्रतिशत, एक्स–रे मा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया, ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधि शुल्कहरूमा तीनदेखि पाँच प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । बैंकले हाल आफ्ना देशव्यापी एक सय ९८ शाखा सञ्जाल, एक सय ९४ एटीएम, ५० शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x