Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकको नयाँ शाखा सर्लाहीको हरिवनमा

सेञ्चुरी बैंकको नयाँ शाखा सर्लाहीको हरिवनमा


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरूलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबारदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।

समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेशप्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत बैंकका कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । २०७९ असार मसान्तसम्ममा बैंकले एक खर्ब एक अर्ब ४० करोड निक्षेप संकलन र ९१ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रदान गरी एक अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखासंख्या एक सय ४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x