Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाइ–पे डिजिटल वालेटको एकदिने राइड कार्यक्रम

माइ–पे डिजिटल वालेटको एकदिने राइड कार्यक्रम


काठमाडौं । माइ–पे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइ–पे राइड विथ एम आर बी’ सफलतापूर्वक सम्पन्न भएको छ । भदौ १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित मोटो भ्लगरसँगै राइड मन पराउने दुई सयभन्दा बढी राइडरको सहभागिता रहेको थियो । राइडमा नेपालमा विभन्न भागबाट आएका राइडरहरूको सहभागिता रहेको थियो ।

माइ–पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्न उक्त राइड कार्यक्रम भक्तपुरको राधेराधेदेखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो । कार्यक्रममा पछिल्लो समय युवाहरूमाझ निकै चर्चित मोटो भ्लगर विविदजंग थापा (एमआरबी)सँगै नायिका स्वस्तिमा खड्का, नायक नीराजन प्रदानको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा -याप समूह ट्रिपी ग्याङ तथा सन्दर्भ ब्यान्डले लाइभ प्रस्तुति समेत दिएका थिए ।

माइ–पेका सीईओ मनोज मेहताले नेपाली युवाहरूमाझ लोकप्रिय माइ–पे वालेटले आगामी दिनमा समेत युवाहरूको चहाना र आवश्यकतालाई मध्यनजर गर्दै थप सुविधाहरू थप्दै लगिने जानकारी दिए । यस्तै राइड कार्यक्रमलाई सम्बोधन गर्दै माइ–पेका बिजनेस तथा मार्केटिङ हेड रोसन सिग्देलले युवाहरूमाझ लोकप्रिय बन्दै गएको माइ–पे वालेटले युवाहरूकै इच्छाबमोजिम राइड कार्यक्रम आयोजना गरेको बताए ।

नेपाली राइड सियरिङ एप सजिलोका प्रमुख कार्यकारी अधिकृत अमिर लामाले युवाहरूलाई नयाँ अनुभवको अवसर दिएको तथा आफूपनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा सहभागी राइडरहरू अहिलेसम्मकै उत्कृट राइडको अनुभव रहेको बताएका थिए । डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालनासम्बन्धी जनाकारी गराउने साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइ–पेको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x