Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी क्यापिटलको चौथो वार्षिक साधारणसभा

कुमारी क्यापिटलको चौथो वार्षिक साधारणसभा


काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही भदौ २० गते सञ्चालक समितिका अध्यक्ष विकास खनालको सभापतित्वमा टंगालस्थित कुमारी बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

उक्त सभामा कम्पनीको आव २०७८–०७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरूसँग सम्बन्धित अनुसूचीहरू पारित भएको कम्पनीले जनाएको छ । सभाले कम्पनीको हाल कायम चुक्ता पुुँजी ४० करोड रुपैयाँमध्येबाट पाँच प्रतिशतले हुन आउने दुई करोड रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।

सभाका अध्यक्षले कम्पनीले आगामी दिनहरूमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरूको पहुँच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजी बजारको विकासमा उल्लेखनीय योगदान पु¥याउने विश्वास दिलाउँदै सेयरधनी कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै आगामी दिनहरूमा अझ बढी सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x