एनआईसी एसिया क्यापिटलको ‘एक्सप्रेस डिम्याट सेवा’
काठमाडौं । एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी सहज रूपमा डिम्याट खाताको पहुँच सेवाग्राही माझ पु¥याउँदै आइरहेको छ । हालको व्यवस्थाअनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाले गर्दा अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरूलाई सहजरूपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा सञ्चालन गरिएको हो ।
अहिलेको व्यस्त समयमा सेवाग्राहीहरूलाई घर अफिसमा नै पुगि छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो सेयर खाता सञ्चालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराइने हुँदा सेवाग्राहीहरूले उक्त योजनाबाट लाभ लिई सहज र झनझटरहित रूपमा डिम्याट तथा मेरो सेयर खाता प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । एनआईसी एसिया एक्सप्रेस डिम्याट सेवाअन्तर्गत क्यापिटलका कर्मचारीहरू स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा शेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
यो सेवा प्राप्त गर्नको लागि क्यापिटलको इमेल ठेगानामा अनुरोध पठाउन वा क्यापिटलको मोबाइल नं. ९८५११२२९९४ मा सोझै कल वा मिसकल गर्न सकिनेछ । साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरूको समूह हुनुपर्ने र हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्रको लागि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया