Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिक्लेस हाइड्रोले साधारण सेयर बिक्री गर्ने

सिक्लेस हाइड्रोले साधारण सेयर बिक्री गर्ने


बर्दिया । सिक्लेस हाइड्रोपावर कम्पनीले साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ २९ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड ५० लाख रुपैयाँबराबरको ११ लाख ५० हजार कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।

बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्रीकार्य छिटोमा यही असोज दुई गते र ढिलोमा असोज १२ गते बन्द हुनेछ । बिक्री गरिने कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् ५७ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि, तीन प्रतिशत अर्थात् ३४ हजार पाँच सय कित्ता सेयर कर्मचारीको लागि छुट्याइएको छ भने बाँकी १० लाख ५८ हजार कित्ता सेयर सेयर सर्वसाधारणको लागि बिक्री गरिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x